मालपोत कार्यालय हुम्लामा अनलाइन भू सूचना प्रणाली सेवा शुरु

मिमसिह नेपाली

२०७८असार,२०गते आईतबार

सिमकोट । जिल्ला मालपोत कार्यालय हुम्लाले अब देखि भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा सुरु गरिएको छ ।
देशभरिका १८ जिल्लामा यस आर्थिक बर्षबाट उक्त सेवा शुरुचारु गर्ने विभागको तयारी अनुसार यस जिल्लामा पनि सो सेवा शुरु गरिएको मालपोत कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख रबिन्द्र शाहीले बताए । यो भन्दा पहिला अफ लाइनबाट जग्गाको कारोवारो हुने गरेको भए पनि अबदेखि अनलाइनबाट सेवा प्रबाह हुने कार्यालय प्रमुख शाहीले बताए ।
भूमि ब्यवस्थापन तथा अभिलेख विभागको आयोजनामा हुम्ला रुकुम पूर्व र प्युठान मालपोत कार्यालयको एकैसाथ मन्त्रालयका सचिब टेक नारयाण पाण्डेले उद्घाटन गरेका छन् । कार्याक्रममा बोेल्दै मन्त्रालयका सचिब अबका दिनमा मालपोत कार्यालयलाई लाग्दै आएका लाल्छाना सो सेवा प्रबहा भएपछि बन्द हुने बताए । अबका दिनमा क्यासले र पेपर लेख मालपोत कार्यालय हुने उहाँले बताएका छन् ।
विभिन्न समस्याका बाजजुद पनि हुम्ला जस्तो विकट जिल्लामा उक्त सेवा शुरु भएपछि सेवाग्रहीको गुनासो कम आउने र सेवाग्रहीले सहज रुपले छिटो छरितो सेवा पाउने विभागमा महानिर्देशक शेष नाराण पोडेले बताए । हुम्लामा इनटरनेट तथा विद्युत आपूर्तिका लागि सम्बध निकायासंग सहकार्य गरेर भु सेवा अनलाइन सेवालाई प्रभाकारी बनाउदै लैजाने मालपोत कार्यालयका प्रमुख रबिन्द्र शाहीले प्रतिबद्धता जनाएका छन् ।
नेपाल सरकारको निती अनुरुप देशभर यस आर्थिक बर्षबाट भू सूचना प्रणाली मार्फत अनलाइन सेवा संचालन गर्ने निति अनुरुप सो कायर्को शुभारम्भ गरिएको हो । मालपोत कार्यालयबाट संचालन हुने जग्गा लिखत पारित नामसारी शंसोधन रोक्का फुकुवा सबै कार्यहरु अनलाइन सेवा मार्फत संचालन हुने भएका छन् ।
सेवा शुरु भएपछि अबदेखि हातले गर्ने कारोवारो सवै बन्द हुने र सेवाग्रहीलाई सहज हुने कार्यालय श्रोत्तले जनाएको छ । औठा छाप फोटो कागतजात अन लोड लगाएतका कार्यहरु पनि डिजिटल माध्यमबाट अनलाइन सेवा मार्फत हुने भएको जनाइएको छ ।
अनलाइन सेवा शुरु भएसंगै राजश्व समेत उक्त सफ्टवयरले निकाल्ने भएकाले ठगी हुने जस्ता अनैतिक कार्य बन्द हुने विश्वास गरिएको छ । जुम बैठकबाट उक्त सेवा विभागबाट उद्घाटन गरिएको छ । १ सय १८ जिल्लामा यो आर्थिक बर्षबाट सेवा शुरु गरिएको विभागले जनाएको छ । १ सय २६ मालपोत कार्यालय मध्ये अब ८ बटा मालपोत कार्यालयमा पनि यो हप्ताभित्र सो सोवा शुरु हुने विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस