पार्टी एकताको लागि एमालेका नेताहरु सक्रिय

फिल्को मिसन

२०७८असार २०आइतबार
काठमाण्डौं । नेकपा एमाले भित्रको विवाद मिलाउनको लागि दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । लामो समय देखि अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल – माधब नेपाल पक्षका नेताहरु बीच कायम रहेको विवाद मिलाउन नेताहरु सक्रिय रहेका हुन् ।
अध्यक्ष ओली पक्षका नेताहरूले असन्तुष्ट नेता नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य निकाल्न प्रस्ताव राखेका छन् । आज बिहान ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल वरिष्ठ नेता नेपालको निवास कोटेश्वर पुगेर नेता नेपालसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।
पार्टी एकताको सन्देश दिन संयुक्त वक्तव्य निकाल्ने र त्यसका लागि अध्यक्षसँग एकपटक भेटवावार्ता गर्ने प्रस्ताब नेताहरुले गरेका छन् । नेम्वाङ, पौडेल र पोखरेलको साथमा माधव पक्षका नेता घनश्याम भुसाल समेत कोटेश्वरको छलफलमा सहभागी हुनुभएको थियो । नेता नेपालले संसद बिघटन बिरुद्धको हस्ताक्षर फिर्ता नलिने तर पार्टी एकताको लागि कार्यदलले काम गरे अनुसार अगाडी बढ्न सक्ने जवाफ दिनुभएको थियो ।

पछिल्ला केही दिन यता प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीले नेता नेपाललाइ भेट्न र सहमति गर्न चाहिरहेको बताउनुभएको छ । तर नेता नेपालले नभेट्ने जवाफ फर्काउदै आउनुभएको छ । नेता नेपालले पार्टी एकताका लागि निःशर्त जेठ २ फर्कन आफुले राखेको प्रस्तावलाई अध्यक्ष ओलीले वेवास्ता गरेर पार्टी एकता नचाहेको पनि बैठकमा बताउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस