सरकारले सहमति कार्यान्वयन गरेन : विप्लव नेतृत्वको माओवादीका नेता प्रकाण्ड

फिल्को मिसन

२०७८असार २०आइतबार
काठमाण्डौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटघाट भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायतका नेताहरु पुग्नुभएको थियो । भेटका क्रममा ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकमा सरकारले ३ बुँदे सहमतिलाई इमान्दारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।
हप्ता, दश दिन भित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी उहाँको भेटपछि गराउनुभयो । पार्टीको बन्दीलाई छिट्टै छाड्नुपर्ने नभए त्यसको ठूलो मूल्य सरकारले चुकाउनुपर्ने उहाँको भनाइ थियो । उहाँले राजनीतिमा इमानदारिता सबैभन्दा ठुलो कुरा भएको भन्दै सहमति कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस