२०७८असार २०आइतबार
काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको जोरबिजोर प्रणाली आजबाट हटेको छ। आइतबार बसेको जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हुन । बैठकले १० दिन निषेधाज्ञा थप्ने पनि निर्णय गरेको छ। निर्णयअनुसार अब २२ गतेबाट २५ सिटमुनिका सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन्। यस अघि जोरबिजोर प्रणालीबाट २५ सिट माथिका मात्रै सवारीसाधन चल्न दिइएको थियो।