दुर्गम ओखरेन गाउँमा जोडर्दै इन्टरनेट सेवा, स्थानीयलाई सहज

मन्दिर सिहं

२०७८असार २२ बुधबार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडान ७को ओखरेन गाउँमा ईन्टरनेट सेवा सुचारु भएको छ ।
सबैजसो वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयहरुमा इन्टरनेटको सुविधा विस्तार भए संगंै ओखरेनगाउँका स्थानीयकोे पहलमा वल्र्ड लिंकको इन्टरनेट सेवा संचालनमा ल्याएको छ ।
सदरमुकाम नजिकै फोन सेवा राम्रो नभएकोले फोनभन्दा इन्टरनेट राम्रो देखिएको स्थानीय बाँच बहादुर विक बताउनु हुन्छ ।
नेपाल टेलिकमका मोबाइल नेटवर्कमा स्पष्ट नबुझिने पटक पटक समस्या आउने गरे पनि निजी कम्पनीहरुले प्रदान गरेको इन्टरनेट सेवाबाट दुर्गम गाउँका सर्वसाधारणले सेवा लिन पाउँदा नेकपा मोओवादी केन्द« हुम्लाका सचिवलय सदस्य महेन्द« बहादुर शाहीले खुसी व्यक्त गर्नुृभयो । ईन्टरनेट सेवा लागु भए पछि स्थानिय गाउँका आफन्त संग भिडीयोकल,च्याट लगायतका दैनिकी अफिसियल कार्यहरुमा सहज भएको शाही बताउनु हुन्छ ।
गाउँमा इन्टरनेट पुगेपछि सबैभन्दा स्देश तथा विदेशमा आफन्तहरुसँग सम्पर्क गर्न महँगो शुल्कबाट जोगिएको हरि शाहीले बताए ।
वल्र्ड लिंकको इन्टरनेट जडान गरेपछि कार्यालयको काम गर्न सहज हुनुका साथै आसपासका सर्वसाधारणलाई समेत सम्पर्क गर्न सजिलो भएको छ । मोबाइल नेटवर्कभन्दा इन्टरनेटको सेवा राम्रो भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस