विप्लव समूहका केन्द्रीय सदस्य लाई रिहाई गर्न सर्वोच्चको आदेश
२०७८असार २२गते मंगलबार
काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश गरेको छ ।
सर्वोच्च अदालतले मंगलबार आगजनीलगायतका मुद्दामा लगाएका र प्रहरी थुनामा रहेका उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।
आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्न तहका नेता कार्यकर्ता हुन् । उनीहरु हाल अछाम र बाजुरा कारागारमा रहेको बताइएको छ ।