आधारभुत स्वास्थ्य इकाइ ताक्ला लाई सामग्री हस्तान्तरण

मन्दिर सिहं

२०७८असार २३ गते बुधबार
सिमकोट । खार्पुनाथा गाउँपालिका वडान ५को ताक्ला बाम्टको आधारभुत स्वास्थ्य इकाइ ताक्लालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाले स्वास्थ्य इकाइ ताक्लालाई सामग्री हस्तान्तरण गरिएको हो । संस्थाका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामाग्रीहरुमा माक्स, सेनेटाइजर,विपी सेट,डस्विन, स्टेगोस्कोप, थर्मोमिटर, डेर्सिङ ड्रम, वइट मेसीन, हाइट मेसिन , लाइट टेवल लगाएतका १८ प्रकारका सामाग्री रहेको शाहीले बताए । स्थानियवासीलाई उपचार संगै चेक जाँच गर्न सहज भएको स्वास्थ्य इकाइका प्रमुख लिला भण्डारीले बाताइन् ।

प्रतिक्रिया दिनुहोस