हुम्लामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

फिल्को मिसन

२०७८असार २४बिहीबार
सिमकोट । हुम्लाका पनि संयुक्त विद्यार्थी संगठन र अनेरास्ववियू ( क्रान्तिकारी ) जनताको दैनिकी उपभोग्य सामान र पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको छ। दुुई संगठनले बिहीबार  पेट्रोलियमको मूल्य घटाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो। संयुक्त विधार्थी संगठन भने सिमकोट माथिलो बजार हुदै बजार परिक्रममा गर्दै सिट्ठी जुसुल टुंग्याएको छ । उनीहरूले ‘पेट्रोलियम पदार्थको मूल्यावृद्धि फिर्ता गर लगायतका प्लेकार्डसहितको नारा बोकेका थिए। नेपाल आयल निगमले पछिल्लो समय खाना पकाउने ग्याससहित पेट्रोल र डिजेलमा मूल्यवृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस