एमाले मिलेको घोषणा आइतवार हुन्छ : गोकर्ण विष्ट

फिल्को मिसन

२०७८असार २६शनिबार
काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि सहमति जुटाउन असफल भएको छ। एमाले मिलेको घोषणा आइतवार हुने कार्यदलका सदस्य गोकर्ण विष्टले बताएका छन् । शनिवार कार्यदलको छलफलपछि पत्रकारसँग कुरा गर्दै वार्ता टोली सदस्य विष्टले पार्टीभित्रको समग्र समस्या समाधान खोजिएको र आइतवार सुखद समाचार आउने प्रतिक्रिया दिए ।

‘हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं । हामी धेरै हदसम्म सफल भएका छौं ।’ उनले भने ।शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस