प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज फैसला आउने सम्भावना

फिल्को मिसन

२०७८असार २८गते सोमबार
काठमाण्डौं । दोस्रा पटक प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउनने सम्भावना रहेको छ । यही असार २१ मा सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आजको मिति तय भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ सवै पक्षको बहसपछि असार २१ गते सकिएको थियो । पक्ष, विपक्षका कानुन व्यवसायी, एमिकस क्युरीसहित ८२ जनाले यो मुद्दामा आफ्नो तर्क राखेका थिए

प्रतिक्रिया दिनुहोस