युरोकपको उपाधि इटालीलाई

फिल्को मिसन

२०७८असार २८गते सोमबार
एजेसी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औँ संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यो उपाधिसँगै इटालीलाई दोस्रो पटक युरोकपको बिजेता बनेको छ । यस अघि इटालीले १९६८ मा युरो कपको उपाधि जितेको थियो । पहिलो पटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्ड भने उपाधी जित्न असफल भएको छ ।वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

प्रतिक्रिया दिनुहोस