नेपालले गरे देउवालाई प्रधानमन्त्री बनाउने अदालतको फैसलाको स्वागत

फिल्को मिसन

२०७८असार २८ सोमबार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । पूर्व प्रधानमन्त्री नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै भने,सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ । सबैलाई नैतिक मूल्य मान्यतामा रहन निर्देशन पनि दिएको छ । यो स्वागतयोग्य छ ।’यस्तै माधव नेपालनिकट एमाले पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले पनि सर्वोच्चको फैसलाले ओली युग समाप्त भएको बताए । उनले आफूहरूको जित भएको टिप्पणी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस