संविधान र लोकतन्त्रको रक्षा ग¥यो सर्वोच्चले :नारायणकाज श्रेष्ठ

फिल्को मिसन

२०७८असार २८ सोमबार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षा सर्वोच्च अदालतले गरेको फैसला महत्वपूर्ण भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई ४८ घन्टाभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि सोमबार सर्वोच्च अदालत फैसाला गरेको छ ।
सोमबार सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि साँझ ५ बजेभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो।

“सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको छ,” श्रेष्ठले फेसबुकमा लेखेका छन्, “यसको हामी स्वागत गर्दछौं । प्रतिगमनको बिरुध्द संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।”

प्रतिक्रिया दिनुहोस