माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा
२०७८असार २९गते मगलबार
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि आदेश दिएपछि त्यसबारे छलफल गर्न माओवादी बैठक बसेको हो । सर्वोच्चको आदेश अनुसार, आज अपरान्हसम्म देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्नेछ । स्रोतका अनुसार, पहिलोचरणमा जनार्दन शर्मा, देव गुरुङ र पम्फा भुसालमध्येबाट मन्त्रीका रुपमा सहभागी हुनेछन् ।