इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउँपालिकाले भुक्तानी दिने काम प्रभावित

मन्दिर सिहं

२०७८असार ३०गते , बुधवार
हुम्ला । हुम्लाको दक्षिण क्षेत्रको ताँजकोट गाउँपालिमा तिन दिन देखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको ईन्टरनेट टावरम सोलरको व्यट्रीमा खराबी आएकै कारण गाउँपालिकामा इन्टरनेट सेवा नुहुँदा असार मसान्तको समयमा भुक्तनी दिनमा समस्या बनेको छ ।
गाउँपालिकाले जोडेको वल्डलिंकको इन्टरनेटले काम नगरेपछि असार मसान्तको चापाचापको समयमा भुक्तानी दिने काम प्रभावित बनेको ताँजको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लालप्रसाद ढकालले बताए ।
गाउँपालिकामा गएको शनिबार २७ गते राति बाट नटले काम नगरेपछि आफूहरु केहि श्रेस्ता ल्याएर एक दिनको पैदलबाटो भएर अदानचुली गाउँपालिका कार्यालय श्रीनगरमा आएर काम गर्नुपर्ने बाध्यभएको ताँजकोट गाउँपालिका लेखा अधिकृत बिर्खसिं सुनारले बताए।
नेट नचलेपछि ताँजकोटमा रहेको ग्लोबल आइएमइ बैंकले पनि जम्मा र भुक्तानी लिने दिन काम समेत रोकिएको छ। ईन्टरनेटले काम नगरेपछि निकै गाह्रो भएको ग्लोबल आइएमइ बैंक ताँजकोटका पर्ब बुढाले चिन्ता व्यक्त गनुृभयो । अत्यावश्यक भुक्तानी र अन्य काम अदानचुली शाखाबाटै चलाउनु परेको बुढाले बताए ।
तिन दिनदेखि ईन्टरनेट आउने जाने समस्या बनाएकोले आफू मर्मतको लागि मुगु गमगडीबाट खत्याड तर्फ हिडेको वर्ड लिंकका प्रबाविधीक प्रतिनिधी प्रमोद कुमालले जनकारी दिए

प्रतिक्रिया दिनुहोस