कर्णाली प्रदेश सभाको चालुबर्षको आठौ अधिवेशन अन्त्य

फिल्को मिसन

२०७८असार ३० बुधबार
हुम्ला । कर्णाली प्रदेश सभाको चालुबर्षको आठौं अधिवेशन अन्त्य भएको छ। बुधबार राती १२ बजे मुख्य मन्त्रीको सचिवालयको च.न.१७८६,मिती २०७८साल असार ३० गतेको पत्रद्धारा कर्णाली प्रदेश सभाको चालु आठौ अधिवेशनको अन्त्य गर्ने प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष आएपछि नेपालको संविधान धारा १८३को उपाधारा(२)बमोजिम बुधबार राति १२ बजे अधिवेशनको अन्त्य भएको प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुर प्रसाद सिग्दलेलेद्धारा प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पटक पटक प्रदेश सभाको बैठकमा प्रतिपक्ष दल नेकपा एमालेले अबरोध गरेपछि सभाको बैठेकै नबसीकन चालु अधिवेसनको अन्तय भएको घोषणा गरेको छ । तर प्रतिपक्ष दल एमालेबाट पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य दल रावलले प्रदेश सरकारर्को नेपालको संविधानको धारा २१० को उपधारा १ र २ तथा कर्णाली प्रदेश सभा नियमावलीको नियम १३८ को उपनियम १ मा प्रदेश सभामा विनयोजन विधेयक विचाराधीन रहेको अवस्थामा आर्थिक वर्षको ब्यय अनुमानको वढिमा एक तिहाइ वजेट सहित पेश्की खर्च विधेयक ल्याउन पाउने संवैधानिक प्रावधान छँदाछदै कर्णाली प्रदेश सरकार निरंकुश ढंगले, सार्वभौम जनताको प्रतिनिमुलक संस्था प्रदेश सभालाई हठातमा वन्द गरि अलोकतान्त्री र गैर संवैधानिक ढंगवाट अध्यादेशमा जानु दुर्भाग्यपूण !” भएको आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस