मोटरसाइकल दुर्घटना हुँदा राझामा एक जनाको मृत्यु

फिल्को मिसन

२०७८ असार ३०, बुधबार
नेपालगन्ज । नेपालगन्ज देखि राँझा एर्पाेट तर्फ गइरहेको भे ७ प ९१९४ नम्वरको मोटरसाइकल नेपालगन्जको राझामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गनापुर प्रहरी चौकिका प्रमुख प्रेम सिंह भण्डारीका अनुसार मोटरसाइकलको गति तीब्र भएकोले मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको हो । मोटरसाइकल चालक शंकर शाही हुम्ला जिल्ला सर्केगाड –७ रोडिकोट ठूलो गाउँ निवासी भएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै चालक शाहीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लगिएको र मेडिकल कलेज मै निधन भएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस