साउने संक्रान्तिमा कर्णालीमा दिने सार्वजनिक विदा

२०७८ असार ३०, बुधबार
हुम्ला । कर्णाली प्रदेश सरकारले साउन १ गते शुक्रबार प्रदेशभरका १० वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार साउन १ गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ । मन्त्रालयले बुधबार सार्वजनिक विदा सम्बन्धी एक सूचना समेत जारी गरिसकेको छ ।
गत वैशाख १ गते बसेको मन्त्रिपरिषदले साउन १ गतेलाई सार्वजनिक विदा दिन निर्णय अनुसार गरेको थियो । साउन १ लाई लुतो फाल्ने दिनका रुपमा पनि चर्चा गर्ने गरिन्छ । असार महिनाभरी किसानहरुले धान रोपाइँ गरेर सक्दछन् । र, असार महिनाको असारे हिलोबाट लाग्न सक्ने रोगबाट जोगिनका लागि ‘लुतो फाल्ने’ प्रचलन छ । धार्मिक प्रचलनअनुसार दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने जनविश्वास रहिआएको छ ।