तिन दिन देखि ताँजाकोटमा इन्टरनेट सेवा सुच्चारुप
२०७८असार ३१गते , बिहीबार
हुम्ला । हुम्लाको दक्षिण क्षेत्रको ताँजकोट गाउँपालिमा तिन दिन देखि बन्द भएको इन्टरनेट सेवा ्आज बाट सुच्चारुप भएको छ ।
मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको टावरममा मर्मत भए पछि विहीबार विहीना इन्टरनेट सेवा सुच्चारुप भएको ताँजकोट गाउँपालिका वडार्न ५का वडा अध्यक्ष धनलाल जैसीले बताउनु भयो ।
केहि दिन इन्टरनेट सेवा बन्द भएपछि असार मसान्तको समयमा भुक्तनी दिनमा समस्या बनेको थियो । गाउँपालिकाले जोडेको वल्डलिंकको इन्टरनेटले काम नगरेपछि असार मसान्तको चापाचापको समयमा भुक्तानी दिने काम प्रभावित बनेको ताँजको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लालप्रसाद ढकालले बताए ।
गाउँपालिकामा गएको शनिबार २७ गते राति बाट नटले काम नगरेपछि आफूहरु केहि श्रेस्ता ल्याएर एक दिनको पैदलबाटो भएर अदानचुली गाउँपालिका कार्यालय श्रीनगरमा आएर काम गर्नुपर्ने बाध्यभएको ताँजकोट गाउँपालिका लेखा अधिकृत बिर्खसिं सुनारले बताए। आजै इन्टरनेट सेवा सुच्चारुप भएपछि गाउँपालिका कर्मचारी र ग्लोबल आइएमइ बैंकका कर्मचारीलाई जम्मा गर्ने र भुक्तानी दिने काम सहज बनेको छ ।