हुम्लामा मानवअधिकार उल्लंघनका घटना न्युन

२०७८असार ३१ गते विहीबार
सिमकोट । हुम्लामा गत बर्ष भन्दा मानव अधिकार उल्लंघनका घटनाको संख्या न्युन रहेको छ । घटनाको प्रकृतिका आधारमा मावनअधिकार उल्लघंनका घटना गत बर्ष भन्दा लकडाउन भएपछि छमहिना यता घट्दो क्रममा रहेको ईन्सेक हुम्लाले बताएको छ । बालबालकिा सम्बन्धी बलत्कार ४वटा र बालिकालाई अभ्रद्ध व्यावाहार १ वटा ,कुटपिट धम्की ४ वटा मानव अधकिार उल्लघंनक भएको ईन्सेक हुम्लाका प्रतिनिधि नन्द सिहंले जानकारी दिए ।
कार्याक्रमको उद्घाटन सत्रमा बोल्दै सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले हिसांका घटना कम हुँदैमा मानव अधिकारका घटनामा कमी नआउने होइन मावन अधिकार दृष्टिकोणले त्यता तर्फ लाग्नु पर्ने बताउनु भयो । इन्सेक जस्तो पवित्र संस्था लाई भाषागत हिसाबले नमिलेको बर्षपुस्तीकामा प्रकाशन हुने भएकोले गहिरो अध्ययन गरी रिर्पोट राख्नु पर्ने आग्रह गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी गणेस आर्चाले पछिल्लो समय हुम्लामा मानव अधिकार सम्बन्धी हिंसाका घटनाहरुमा आरोलो लागेकोले यो सकरात्मक पक्ष भएको र अझै पनि जिल्लामा भएका घटानाहरुको कानुनीरुपमा भाष नमिलेकोले उल्टो अर्थ लाग्ने भएकोले घटनाको सत्य तथ्य समेटन इन्सेक प्रतिनिधी लाई सुझाबा दिन भयो ।
जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रहरी नयाव उपरीक्षक हेल्मबु शर्माले वास्तविक घटना लाई सत्यतथ्य अध्यायन गरि इन्सेकले बर्ष पुस्ताकामा लेख्नुपर्ने बताए । मानवअधिकार उल्लंघनका घटना कम हुँदै जानु सकरात्मक पक्ष भएकाले अझै गाउँघरमा मानिसहरु घरेलु हिंसा घटना घटने भएकोले सम्बन्धि निकाया उजुरी दिने पिडीत पक्षको पहुँच नभएकोे वैतानी ओकील राजन चन्दले बताईन ।
सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको अध्यक्षता भएको उद्घाटन सत्रमा जिल्ला समन्वय समितीका सदस्य हिकमत नेपाली, प्रमुख जिल्ला अधिकारी गणेस आर्चाया , तिनै वटा सुरुक्षा अधिकारी, श्रमजिवी पत्रकार न्युनतम पारिश्रणमा केन्दि«य सदस्य नबराज महतार, पत्रकार महाँसघ जिल्ला शाँखा अध्यक्ष राजन लगायतको उपस्थिती थियो ।