प्रचण्ड, नेपाल र विप्लवबीच भेटवार्ता

फिल्को मिसन

२०७८असार ३१गते , बिहीबार

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच आज भेटवार्ता भएको छ । एमाले वरिष्ठ नेता नेपाल निवास कोटेश्वरमा तीन नेता बीच भेटपार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । भेटवार्तामा तीन नेता बीच पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयवस्तुमा केन्द्रीत रहेर छलफल भएको बताईएको छ । यसअघि हिजो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न विप्लव खुमलटारमा पुग्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरेपछि शान्ति प्रक्रियामा आएपनि विप्लवको माग पूरा भएको छैन । नेता कार्यकर्ताको रिहाइ लगायतका माग पूरा नभएको सन्दर्भमा विप्लवले सक्रियता बढाएको बुझिएको छ । बर्तमान राजनीतिक परिस्थितीमा यी तीन नेता बीचको भेटघाटलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस