एमाले स्थायी कमिटीको माधब पक्षसहित बैठक शुक्रबा बस्दै
२०७८असार ३१गते , बिहीबार
काठमाण्डौं । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । भोली दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
संसद भवन नयाँ बानेश्वरमा हुने भोलीको बैठकमा पार्टीका प्रतिनिधीसभा र राष्ट्रियसभाका सम्पुर्ण सांसदहरुलाई उपस्थितीका लागि बोलाइएको छ । बैठकमा समसमायीक राजनीतिक परिस्थिती र सर्वाेच्च अदालतले प्रतिनिधीसभाको विघटनको मुद्धामा गरेकोे फैसलामा केन्द्रीत रहेर छलफल हुने भट्टराई बताउनुभयो । गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीबाट बहिर्गमनमा पर्नुभएका नेकपा अध्यक्ष ओली आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको भन्दै नेताहरूप्रति आक्रोश व्यक्त गरिरहनुभएको छ । बैठकमा उपस्थित हुन माधव नेपालसहितका सबै नेताहरुलाई खबर गरिएको तामाङले बताए । यसअघि दश बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरुको सल्लाहमा स्थगित भएको थियो । अध्यक्ष ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् ।