सेनाले हस्तान्तरण गरयो: कालिकोट खुलालु देखि हुम्लाको सलिसल्ला सम्म सडक खण्ड

फिल्को मिसन

२०७८असार ३१विहीबार

हुम्ला । नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालु–लैफु हुम्लाको –सलीसल्ला सम्मसडकखण्ड सडक आयोजनालाई हस्तान्तरण गरेको छ ।
कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले असार ३१ गते उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा–सिमिकोट सडक आयोजनाका योजना प्रमुख बिष्णुदास लामालाई सडक हस्तान्तरण गरेका छन् ।

२०७१ साल चैत्र ०९ गतेबाट निर्माण सुरु गरिएको १२२.७५ कि.मि. लम्बाई र औसत ६ मिटर चौडाई रहेको सडकखण्डले कालिकोट, बाजुरा,मुगु र हुम्ला जिल्लालाई जोडेको छ । निमार्ण भएको कुल सडक मध्य हुम्ला खण्डमा ३८ दशमलव ४ किलोमिटर निर्माण भएको सडक पर्छ । कोरोनाको कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीय स्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको बताएको छ ।
खुलालु लैफु हुँदै सलीसल्ला खण्डको काम २०७० सालमा सेनाले काम सुरु गर्दै आएको थियो भने हुम्ला खण्डमा २०७३ सालमा निर्माण कार्य सुरु गरेको थियो । हाल हुम्ला खण्डमा पर्ने सडकमा बालुकुनासम्म यातायात सञ्चालन भएकोमा हस्तान्तरणपछि सलीसल्लासम्म पुगेको छ ।
यसबाट हुम्लाका चार वटा गाउँपालिका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसंग जोडियो छ भने बाजुरा, मुगु र कालिकोटका केहि गाउँपालिका लाई सडक संजाले जोडिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस