एमाले संसदीय दलको बैठकमा नेपाल समूह अनुपस्थित

फिल्को मिसन

२०७८ साउन १ गते शुक्रबार

काठमाडौं । नेकपा एमाले को संसदीय दलको बैठक अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ ।
संसद भवनको ल्होत्से हलमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भने उपस्थित छैनन् । नेपाल पक्षीय सांसदहरूले कोरोना परीक्षणका लागि संसद भवनमा गएका थिए तर उनीहरू बैठकमा सहभागी भएनन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका उपाध्यक्ष वामदेव गौतम बैठक सुरू हुनै लाग्दै संसद भवनबाट बाहिरिए ।यसअघि अध्यक्ष केपी शर्मा ओली समूहका स्थायी कमिटी सदस्यहरूमात्रै सहभागी भएको स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठक रोक्न भनेर नेपाल समूहका नेताहरू गए पनि अध्यक्ष ओलीले मानेनन् । उक्त बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

 

प्रतिक्रिया दिनुहोस