देशभर थप २,९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

फिल्को मिसन

२०७८ साउन १ गते शुक्रबार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपालमा २४ घन्टाको अवधिमा २ हजार ९ सय ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४३ जनाको मृत्यु भएको छ । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ७८ जना र भेन्टिलेटरमा १ सय ७४ जना उपचाररत छन् ।मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट १ हजार ७ सय ७५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेको छ । निको हुने दर ९४।५ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा ४३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ ।ल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस