चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने
२०७८ साउन १ गते शुक्रबार
काठमाडौं । चीनले नेपाललाई सरकारलाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको राजदूत यान्छीले जानकारी दिएकी हुन्।
प्रतिक्रिया दिनुहोस