मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम फेरि सुरु

फिल्को मिसन

२०७८ साउन १ गते शुक्रबार
काठमाण्डोैं । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम फेरि सुरु गर्ने जनाएको छ । आयोगले आज विज्ञप्ति निकालेर सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएका कारण पुर्व मितिमा निर्वाचन नहुने भन्दै मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सुरु गर्ने जनाएको हो । सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएको कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकोले मिति आउँदो ३ गतेदेखि निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सूचारू गर्ने गरी आयोगबाट निर्णय भएको छ, विज्ञप्तिमा भनिएको छ । यसअघि गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर पहिलो चरणमा कार्तिक २६ गते र दोस्रो चरणमा मंसीर ३ गते निर्वाचन मिति तोकेपछि आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक जेठ ९ गते स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस