कोरोनाका कारण विश्वभर ४० लाख ८५ हजार ७ सय मानिसको मृत्यु

एजेन्सी ।

२०७८ साउन १ गते शुक्रबार
एजेन्सी । कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर ४० लाख ८५ हजार ७ सय मानिसको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण १८ करोड ९८ लाख ६४ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै विश्वभर कोरोना भएका मध्ये पनि १७ करोड ३२ लाख ३५ हजार मानिस उपचार पछि निको भएका छन् । कोरोनाका कारण हाल सम्म सबैभन्दा धेरै अमेरिकामा ६ लाख २४ हजार मानिसहरुको मृत्यु भएको छ । अमेरिकामा ३ करोड ४८ लाख ८७ हजार मानिसहरु सङ्क्रमित भएका छन् । भारतमा कोरोनाका कारण ४ लाख १२ हजार मानिसहरुको मृत्यु भएको छ । भारतमा ३ करोड १० लाख २६ हजार मानिस सङ्क्रमित भएका छन् । ब्राजिलमा पनि कोरोनाका कारण ५ लाख ३९ हजारको मृत्यु भएको छ । यस्तै रसियामा १ लाख ४६ हजार मानिसहरुको मृत्यु भएको छ । फ्रान्समा १ लाख ११ हजार मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस