अति विपन्न घर परिवालाई न्यू भिजन चर्चले राहत सहयोग

फिल्को मिसन

२०७८ साउन १ गते शुक्रबार
हुम्ला । सिमकोट गाउँपालिका – ८ स्याडाका ५८ घरपरिवार लाई राहत वितरण गरीएको छ । वडा अति विपन्न घर परिवारलाई खाद्ययन्न वितरण गरीएको न्यू भिजन चर्च सिमकोटका अगुवा भक्त सुनारले जनाकारी दिनुभयो ।
आइ एन नेपालको आर्थिक सहयोगमा र स्याडा गाउँस्थित चर्चको सहकार्यमा स्याडा गाउँका ५८ घरधुरीलाई २५ केजीका दरले चामल वितरण गरीएको सुनारले बताए ।
अति विपन्न परिवारलाई खाना लाउन समस्या भएको गाउँकै रतन बुढाले बताएपछि उनको पहलमा आज एक कार्यक्रमका विच उक्त राहत वितरण गरीएको छ । चर्चले विभिन्न समयमा जिल्लाका अति विपन्न परिवारलाई खाद्ययन्न सामाग्री वितरण गर्दैै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस