कार्यविधि नहुँदा दलितको नाममा आएको दुई करोड रकम फ्रिज

तिलसरा विक

२०७८श्रावण ३गते, आइतबार
हुम्ला । कर्णाली प्रदेश सरकारले हुम्लाका लागि दलित लाई लक्षित गरिएको दुई करोड रकमका कार्य विधि नहुँदा फ्रिज भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम अन्तरगत उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मार्फत आएको रकम कसरी खर्चगर्ने भन्नेबारेमा कार्य विधि नपठाउँदा रमक फ्रिज गएको जिल्लाका दलित अगुवाहरु असन्तुष्ट भएका छन् ।
दलितका नाममा आएको ठुलो रकम फ्रिज जानुलाई उनिहरुले प्रदेश सरकार दलितका लागी बाधक भएको भुमि व्यवस्था समस्या समाधान आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले बताए ।
दलितका नाममा आएको बजेट फ्रिज जानुमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको कम्जोरी भएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रणसिंह परियारले दोष दिएका छन ।
मुख्य मन्त्री दलित आयाआर्जन कार्याक्रमको रकम कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्य योजना नहुँदा हुम्ला मात्रै नभएर प्रदेशका दशवटै जिल्लाबाट बजेट फ्रिज गएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुब्रकुमार बाठा मगरले बताउनु भयो ।
सघ,प्रदेशबाट जिल्लामा असार मसान्तको समयमा बजेट ह्रवात्तै आउने भएकाले बढी जसो फ्रिज जाने गरेको छ । असारे बजेट सक्ने चटारोले गर्दा न्युन आयश्रोत भएका तथा दलित वर्गका लागी आएको बजेट फ्रिज जानुले सरकारी काम कहिले जाला घाम भन्ने उख्खान जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस