कांग्रेस नेतृत्वको सरकारमा कर्णालीबाट सहभागी गराउमन शाही माग

२०७८श्रावण ३गते, आइतबार
हुम्ला । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको बनेको सरकारमा कर्णालीबाट सांसद रंगमती शाहीलाई सहभागी गराउँन माग राखेका छन ।
दुई तिहाईको बहुमत ल्याएको केपी शर्मा वली नेतृत्वको सरकारले साढे ३ वर्ष सरकार सञ्चालन गर्दा कर्णाली प्रदेशबाट डोल्पाका सांसद धन बहादुर बुढालाई पर्यटन राज्य मन्त्री मात्र सिमीत गराएको थियो । तर कर्णाली प्रदेशमा उत्थानमा लागेको सूनौला नारा दिदै आएको केपी सरकारले वास्तवमै कर्नालीको पीडा बुझ्न नसकेको कर्नाली बासीको गुनासो छ । विभिन्न समयमा संसद शाहीले संसद सभामा चुनौती दिदै कर्णाली वास्तमा कणांलीको यर्थार्त पिडा पोख्नु भएको थियो ।
सांसद शाही कर्णाली प्रदेशको १० वटा जिल्लाको एक मात्र नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रतिनिधी सभाका महिला भएकैकारले सरकारमा आफुलाई समेटनु माग राखेका छन ।
पार्टी कर्नाली प्रदेशको तर्फबाट सरकारमा सहभागी गराउने आवश्यक छलफलका साथ मूल्याकन भएमा मन्त्रालयको जिम्मेवारी सम्हाल्न योग्य रहेको सांसद शाहीको भनाई रहेको छ ।
कर्नाली प्रदेशबो १० जिल्लाको प्रतिनिधित्व सहितको सरकारमा सांसद शाहीलाई सहभागी गराएमा कदमजंङको नाराले समेत प्राथमिकता पाउने आम कर्नालीबासीको भनाई रहेको छ ।