स्याडा गाउँकी महिलामाथि प्रहरीद्धारा हातापात

फिल्को मिसन

२०७८ श्रावण ३ गते आइतबार
सिमकोट । खानीपानीको मुहानको विषय लिएर प्रमुख जिल्ला अधिकारी समक्ष माग राख्ने क्रममा आमसमुहकी महिला माथि प्रहरीले हातपात गरेको छन ।
सिमकोट–८स्याँडा गाउँनजिकैको रहेको खानेपानीको मुहानबाट सिमकोट–७ धारापोरीगाउँमा ल्याउन नदिने भन्दै जिल्ला प्रशासन कार्यालयमा माग राख्न आएको आम समुहकी सदस्य मmला बुढाले बताईन । एकासी प्रहरीले रोक्नुको साथै हामी माथि सुरक्षाकर्मीले हातपात सहित दुर्व्यवहार गरेको बुढाले बताईन ।
केहिदिन अगाडि जिल्ला प्रशासन कार्यालयम हुम्लामा असार १७ गते सिमकोटगाउँपालिका –७ र ८का वडाअध्यक्ष बीचमा खानेपानी मुहानकै बिषय सहमती भएका थियो । तर आफु लाई थाहा नदिएकोे भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष खानेपानी मुहना लिन नदिने भनेर मााग राख्न आएको स्याडा गाउँ अर्का आमा समुहका सदस्य जुन बुढाले बताउनु भयो । स्याँडाबासिन्दाले भोगचलन गर्दै आएको जग्गा माथि धारापोरी गाऊँलेहरुले हकदावी गर्न खोजेको भन्दै महिलाहरु आन्दोलनमा आएको बुढाले बताउनु भयो ।सिडओसाब कहाँ जानेक्रममा प्रशासनको गेटमा अगाडि नपुग्दै एकासी प्रहरीले अन्धाधुन्द लठी चार्ज गर्नुको साथै आफूहरुलाई हातपात र धरपकट गरेको बताइन् । तर स्याँडा गाउँकी आमसमुहमाथि प्रहरीले हातपात र दुर्व्यवहार गरेको प्रति प्रमुख जिल्ला अधिकारी गणेश आचार्य अस्विकार गर्नु हुन्छ । आफूहरुले भोगचलन गर्दै आएको जमिनलाई मास्न खोजेर हकदावी गर्न खोजेको कारण आन्दोलनमा आएको स्थानीय जेटकला बुढाले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस