थप २ हजार ४ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि

फिल्को मिसन

२०७८श्रावण ४गते, सोमबार
काठमाडौं । नेपालमा थप २ हजार ४ सय ४५ नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ११ हजार ६ सय ६४ कोरोना परीक्षण गर्दा थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ७ हजार ८ सय ३३ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ६ सय ४२ र ३ हजार ८ सय ३१ एन्टीजेन परीक्षण गर्दा ८ सय ३ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ६ लाख ६८ हजार ७ सय ५१ र एन्टीजेन विधिबाट ४९ हजार ७ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै गत २४ घन्टामा थप १ हजार २ सय ५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये निको हुनेको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर थप ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस