पाकिस्तानमा बस र ट्रक एक आपसमा ठोक्किदा ३० जनाको मृत्यु

फिल्को मिसन

२०७८श्रावण ४गते, सोमबार
एजेन्सी । पाकिस्तानमा सवारी दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा बस र ट्रक एक आपसमा ठोक्किदा ३० जनाको मृत्यु भएको र ४० जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार दुर्घटना डेरा गाजी खानस्थित इन्डस हाइवेमा आज बिहान भएको हो । बीबीसीले लेखे अनुसार ४६ जना यात्रु क्षमता रहेको बसमा ७६ जना सवार थिए भने १५ जना बसको छतमा बसेका थिए । बसमा सवार अधिकांश यात्रुहरु उद्योगमा काम गर्ने मजदुरहरु रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस