महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु

फिल्को मिसन

२०७८श्रावण ४गते, सोमबार
काठमाण्डौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजबाट टिमको प्रशिक्षण सुरु भएको जनाएको छ । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपालले तयारी सुरु गरेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाउनुभएको छ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस