लडेर घाइते भएका प्रहरी हवाल्दर लाई थप उपचारका लागी सुर्खेतमा

फिल्को मिसन

२०७८ श्रावण ४ गते सोमबार
सिमकोट । हुम्लाको अदाचुली गाउँपालिकाको श्रीनगर प्रहरी चौकीमा कार्यरत प्रहरी हवाल्दर बिरेन्द्र सीङ ऐरी लडेर सख्त घाइते भएका छन् ।
कार्यरत प्रहरी हवल्दार ऐरी घाइते लाई थप उपचारका लागी बाजुरा हुँदै सुर्खेत लगिएको गल्फागाड प्रहरीचौकी श्रीनगरका प्रहरी सहायक निरीक्षक कृष्ण बादुर बुढाले बताए ।
गल्फागाड प्रहरीचौकी नजिकै लडेर पानीमा परेपछि सिकिस्त घाईते हवल्दार ऐरीको बाजुराको कोल्टीमा सामान्य उपचार पछि थप उपचारका लागी नेपाली सेनाको हेलीकप्टर द्धारा सुर्खेत लगिएको गल्फागाड प्रहरीचौकी श्रीनगरका प्रहरी सहायक निरीक्षक बुढाले जानकारी दिनुभयो । प्रहरी हवल्दार ऐरिलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लिएर उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस