ईराकमा बम बिस्फोट हुँदा ३५ जनाको मृत्यु

फिल्को मिसन

२०७८साल ५ गते मंगलबार
एजेन्सी । ईराकमा भएको बम बिस्फोटमा परी ३५ जनाको मृत्यु भएको छ । ६० जनाभन्दा बढी घाइते भएका छन् । ईराकको राजधानी बगदादको सदर सहरमा हिजो बकर इदका लागि जम्मा भएका मानिसहरुको भिडलाई लक्षित गरी बिस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । घटनाको जिम्मा इस्लामिक स्टेट आईएसआईएसले लिएको छ ।

प्रतिक्रिया दिनुहोस