आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाको जित

फिल्को मिसन

२०७८साल ५ गते मंगलबार
एजेन्सी । घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ । डब्लिनमा हिजो भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले पराजित गरेको हो । जितसँगै तीन खेलको टी–ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाले १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रीकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस