काँग्रेसको महाधिबेशनमा डिजिटल भोटिङ’ गर्न सकिन व्यवस्था

फिल्को मिसन

२०७८ श्रावण ५ गते मंगलबार
काठमाण्डोैं ।नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ ।
१४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्ने छ । विभागका संयोजक एवं पार्टीप्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिले आवश्यक ठानेमा डिजिटल भोटिङका लागि प्रविधि तयार रहेको बताउनुभएको छ । विभाग सचिव दिनेश थापा मगरले आज विज्ञप्ति निकालेर कोरोना महामारीका कारण भौतिक उपस्थितिमा महाधिवेशन गर्न नसकिने अवस्था आएमा जिल्लाबाटै मतदान गर्न सक्ने गरी प्रविधि तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ ।
केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट शुरु गर्नुनपर्ने गरी प्रविधिको विकास गरिएको उहाँले बताउनुभयो । सचिव थापाका अनुसार ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने गरी प्रविधि विकास गरिएको छ ।
प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस