प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड बीच भेटघाट

फिल्को मिसन

२०७८ श्रावण ५ गते मंगलबार
काठमाण्डोैं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ ।
यस्तै दुइ नेता बीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने बारेमा छलफल भएको हो । सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री र अध्यक्षबीच छलफल भएको र सहमतिका आधारमा चल्ने भन्नेमा दुवै नेता सकारात्मक रहेको नेताहरुले बताएका छन् ।
यसअघि आजै बिहान माओवादी अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर सरकार सञ्चालनका बारेमा छलफल भएको थियो । भेटमा समेत नेताहरु बीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस