संघीय राजनीतिको असर प्रदेश सरकारमा

फिल्को मिसन

 

२०७८श्रावण ६गते,बुधबार
काठमाडौं । केन्द्र सरकार परिवर्तन भएसँगै प्रदेश सरकारमा पनि त्यसको असर देखिएको छ ।
प्रदेशमा नेकपा एमाले नेतृत्वमा रहेको सरकार टिकाउन समस्या देखिएको छ ।

बिशेष गरि बाग्मती प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सत्ता समिकरण फेरिने संकेत देखिन्छ । बाग्मतीका मुख्यमन्त्री डोरमणी पौडेलले विभिन्न व्यक्तिहरु संग छलफल थालिसक्नु भएको छ ।
सत्ता पक्षका सांसदहरुले पनि अब आफ्नै नेतृत्वमा सरकार बनाउने गरि पहल सुरु गरेका छन् । लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ मा पनि सत्ता पक्षका सांसदहरुको छलफल सुरु भएको छ । अन्य प्रदेशमा भने तत्काल सरकार परिवर्तन हुने संभावना कम छ ।
केन्द्रमा आगामी चुनाबसम्मको लागि सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाको लागि पनि उत्तिकै चुनौति रहेको छ । आक्रामक रहेको प्रतिपक्षि दल नेकपा एमालेको सामना, प्रधानमन्त्री बन्नको साथ दिएका माओवादी, एमाले भित्रकै एक धारलाई चित्त बुझाउनु र जनता समाजवादी पार्टी जसपाले गरेको माग सम्बोधन गर्ने बिषय प्रधानमन्त्री देउवाको लागि चुनौतिपूर्ण रहेको छ । कोरोना भाइरसको महामारी नियन्त्रण देखि राजनितिक सम्मका विषय चुनौतीपूर्ण रहेको विश्लेषकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस