एमालको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

फिल्को मिसन

२०७८श्रावण ६गते,बुधबार
काठमाडौं । नेकपा एमालको सोमबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझाव अनुमोदन गरेको छ ।
पहिलो दिनको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो भने बैठकले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरे अनुसार अहिले सम्म पत्र पठाइएको छैन ।
आन्तरिक छलफल तथा कारबाहीपछि पार्टीभित्र पर्ने असरको समीक्षापछि मात्र पत्र पठाइने र कारबाही गरिने बैठकमा छपफल भएको एक नेताले जनाकारी दिए ।
मंगलबार बैठकमा प्रदेश संयोजकहरुले पार्टीको अवस्था र कारबाहीले पार्ने असरबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस