इन्टरनेट सेवा अवरुद्ध हुँदा ताँजाकोटमा गाउँपालिकाको कामकाजमा बाधा

फिल्को मिसन

२०७८ श्रावण ७ विहीबार
सिमकोटण। हुम्लाको दक्षिण क्षेत्रको ताँजकोट गाउँपालिमा नौ दिन देखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक कम्युनिकेसन प्रालिको इन्टरनेटको डिभाइस टावरम खराबी आएकै कारण गाउँपालिकामा इन्टरनेट सेवा संचालन हुन नसकेको गाउँपालिका अध्यक्ष बागदल मल्लले बताउनु भयो ।
गएको असार २९ गतेबाट अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु नहुँदा आर्थिक वर्षको अन्त्यमा गाउँपालिकाका सम्पुर्ण काम ठप्प भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले जानकारी दिए ।
विभिन्न योजनाका चेक काट्ने काम भए पनि साट्न नपाएको ताँजकोट गाउँपालिका ५ निवासी मदन परियार दुःख व्यक्त गरे । इन्टरनेट समस्याले हिसाब मिलान नभएको कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्रतिवेदन पठाउन समस्या भएको अधिकृत लालप्रसाद ढकालले जानकारी गराए ।
सूत्रमार्फत काम गर्नुपर्ने भएका कारण हालसम्म गाउँपालिकाले खर्च निकाल्न र फ्रिज रकमबारे पनि भन्न नसकिएको उनले बताए ।
नेट नचलेपछि ताँजकोटमा रहेको ग्लोबल आइएमइ बैंकले पनि जम्मा र भुक्तानी लिने दिन काम समेत रोकिएको छ। ईन्टरनेटले काम नगरेपछि निकै गाह्रो भएको ग्लोबल आइएमइ बैंक ताँजकोटका पर्ब बुढाले चिन्ता व्यक्त गनुृभयो । अत्यावश्यक भुक्तानी र अन्य काम अदानचुली शाखाबाटै चलाउनु परेको बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस