स्वास्थ्य मापदण्ड पालना नगरिए तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

फिल्को मिसन

२०७८ श्रावण ७ विहीबार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नियन्त्रण्का लागि जारी निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण दर बढेको बताएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरी महामारीको तेस्रो लहर सुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेकाले मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो, त्यति नघटेको उल्लेख गरेको छ । निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुलमखुला हिडीरहेको बताएको छ ।
अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेकाले संक्रमणको जोखिम अझै बढिरहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार खोप केन्द्रमा हुने भीडले पनि संक्रमणको जोखिम बढाएको छ । खोप पालो परेको दिन लगाउन र स्वास्थ्य मापदण्ड अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस