अवैध जुवाखालमा प्रहरीको छापा दुई दर्जन भन्दा बढि जुवाडे पक्राउ

फिल्को मिसन

२०७८ श्रावण ८ शुक्रबार
हुम्ला । अवैध जुवा सञ्चालन भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले सिमकोट माथिल्लो बाजरमा जुवा अखडामा छापा मार्दा दुई दर्जन बढि जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले सिमकोट माथिल्लो बजार एक होटलबाट ४३ हजार ६१५ रकम सहित १९ जना जुवाडे लाई जुवा घरबाट छापा मारेर दुई दर्जन जुवाडेलाई पक्राउ गरेको छ ।
एकै घरमा दुई समुह बनाएर ठूलो रकम राखेर जुवा खेलिरहेका जुवाडेलाई विषेश सुराकीको आधारमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयमा लगिएको प्रहरी नायवउपरिक्षक हेरम्ब शर्माले बताए ।
पक्राउ गरेर लगिए लगत्तै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका सबैजालाई मुद्धा चलाउने तयारी प्रहरीले गरेको स्रोतले जनाएको छ । जुवाको खालबाट पक्राउा पर्नेमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, बैंकका कर्मचारी, व्यापारी र सर्वसाधारण समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस