थप २४ घण्टामा २ हजार २३७ कोरोना सङ्क्रमित थपिए

फिल्को मिसन

२०७८श्रावण,१०गते आइतबार
काठमाण्डौ । पछिल्लो २४ घण्टामा २ हजार २३७ कोरोना सङ्क्रमित थपिएका छन् । देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार २३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल सङ्क्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ । गत २४ घण्टामा २ हजार ५० जना सङ्क्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ । आज १८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७१३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस