काँग्रेसबाट श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

२०७८श्रावण,१०गते आइतबार
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेर आज सांसद उमेश श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि, सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन हिसानका संस्थापक अध्यक्ष समेत रहिसक्नु भएको छ । थुप्रै व्यवसायमा लगानी गर्नुभएका श्रेष्ठलाई नेपाली काँग्रेसले समानुपातिक तर्फको कोटामा सांसद बनाएको हो ।