माधव नेपाल र ओली पक्षका सांसदबीच चर्काचर्की

फिल्को मिसन

२०७८श्रावण,१०गते आइतबार
काठमाडौं । संसद पुनःस्थापनाको विषयलाई लिएर नेकपा एमाले ओली र नेपाल पक्षबीच संसदीय समितिमा चर्काचर्की भएको छ। आज बसेको संसदीय ससितिमा नेकपा एमालेका सांसदहरुबीच संसद पुनःस्थापनाको विषयलाई लिएर भनाभन भएको हो ।
नेता नेपाल लगायतले बोलेको केही समयपछि ओली पक्षीय सांसद नारदमुनि रानाले बोलेका थिए । बैठकमा केही समयपछि उपस्थित केपी ओली पक्षका सांसद रानाले माधव नेपाल पक्षलाई कटाक्ष गर्दै ‘केपी ओलीले विश्वासको मत लिने बेला कहाँ थिए’ भन्दै व्यंग्य गरे । माधव नेपाललाई कटाक्ष गरेपछि दीपकप्रकाश भट्ट बीचैमा बोलेका थिए । उनले ठूलो स्वरमा ‘प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोजेका थिए । रानाले यस्तो भनिरहँदा नेपाल पक्षका सांसद डा. दीपक प्रकाश भट्टले आपत्ति जनाउँदै प्रतिगमनका मतियारहरुले जे पायो त्यही बोलेको भन्दै प्रतिवाद गरे। त्यतिकैमा नेता नेपाल पनि आक्रोशित हुँदै रानालाई ‘प्रतिगमनका मतियार बाहिर निस्क’ भनेर हप्काए। दुई पक्षबीच समितिमा होहल्ला र बाझ हुँदा एकअर्काले बोलेको नसुनिने अवस्था बनेको थियो।

समिति सभापति पवित्रा निरौला खरेलले वातावरणलाई सहज बनाउन प्रयास गर्दागर्दा पनि स्थिति तनावग्रस्त बनेको हो।

प्रतिक्रिया दिनुहोस