माथिबाट आएको ढुङ्गा खस्दा चंखेलीमा एक विद्यालयमा क्षति

भक्तराज ऐडी

२०७८श्रावण,१०गते आइतबार
सिमकोट । लगातार परेको अविरल वर्षाका कारणले हुम्लाको चंखेली गाउँपालिकामा रहेको एक विद्यालयमा क्षेति गरेको छ । चंखेलीको–४को तल्लोपालिामा रहेको गणेश आधरभुत विद्यालयमा लगातारको वर्षाले भवन भत्किएको छ । दुई कोठे कक्षा १र२को कक्षा कोठा माथिबाट आएको ढुङ्गाले कोठा पुर्ण रुपमा क्षेती पुराएको बिद्यालय प्रधानाध्यापक सकराम ऐडीले बताए । उनले बिद्यालय क्षेति हुनुकासाथै कक्षाकोठाका भौतिक सामाग्री लगायत विभिन्न संघ संस्थाहरुले सहयोग गरेका सामाग्रीमा समेत क्षेती भएको जानकारी दिए ।
माथि बाट आएको ढुङ्गा कैकारण करीब रु २० लाखबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पढाइ प्रभावित हुने गरी कक्षा कोठा नै क्षेतिपछि विद्यालकोे पठपाठ नहुने अबस्थाको भएको बताए । “गाउँपालिकले क्षतिको प्रारम्भिक विवरण संकलन गर्ने काम भएको छ”, प्रअ ऐडीले भने, “विद्यालयलाई ठूलो क्षति पुगेपछि बिद्यालय पठनपाठनका लागि समस्या भने हुने बताए । क्षेति पुगेको विद्यालय भवन मर्मतको लागी चंखेली गाउँपालिकालाई अनुरोध गरिने भएको प्रधानध्यापक ऐडिले बताए ।

 

प्रतिक्रिया दिनुहोस