निर्वाचन आयोगले पार्टी फुटाउन खोज्यो :महतो आरोप

फिल्को मिसन

२०७८श्रावण,११ सोमबार
काठमाडौं । जनता समाजदावी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् । जसपामा देखिएको विवादबारे निर्वाचन आयोगले हेडकाउन्ट गर्न सबैलाई सोमबार अनिवार्य उपस्थित हुन भनेपछि निर्वाचन आयोग पुगेका महतोले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका छन ।
आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले भने, ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं ।’ उपेन्द्र यादवको पार्टी संकटमा पर्दा आफूहरुले सहयोग गरेको, तर अहिले प्राविधिक कारण देखाएर पार्टी फुटाउन खोजेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस